एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले साँघुरो जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए ।
यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।
ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ ।
भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।
