भिडाल चम्किदा चिलीको जित
शनिबार, २९ कार्तिक २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा चिलीले जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे ।
खेलको २० औं मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३५ औं मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो ।
विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो ।
चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैटौं स्थानमा रहेको छ ।
पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।









-1768908116031.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)