एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सिमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको ७७ औं मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि पानमा १० खेलाडीमा समेटिएको थियो ।
पानमा १० खेलाडीमा समेटिएपनि जापानले थप गोल गर्न नसक्दा मिनामिनोको गोल निर्णायक बन्यो ।