एजेन्सी । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) का पूर्व अध्यक्ष ग्रेग क्लार्कले फिफाको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
रंगभेदीय भाषाको प्रयोग गर्दा विवादमा आएपछि क्लार्कले फिफाको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
यस अघि उनले इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) को अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
६३ वर्षीय क्लार्कले गत हप्ता डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए ।
बैठकमा उनले 'हाई प्रोफाइल कलर्ड फुटबलर्स' शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
क्लार्कले पछि माफी समेत मागेका थिए ।
बेलायती बिजिनेसम्यान क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष रहेका थिए ।
यस्तै उनी सन् २०१९ को फेब्रुवरीमा फिफाको उपाध्यक्ष चयन भएका थिए ।