एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्डले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्डले घरेलु मैदान वेम्बलीमा आयरल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा इंग्ल्यान्ड सहज जित निकाल्ने योजनामा हुनेछ । आयरल्याण्ड पनि घरेलु टोलीलाई उसैको मैदानमा हराउने लक्ष्यसहित मैदान उत्रने छन् ।
यूएईएफए नेसन्स कप अन्तर्गतका खेल अघि दुबै टिमले तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
नेसन्स लिगको लिग 'ए' समूह २ मा रहेको इंग्ल्यान्डले यसै महिना बेल्जियम र आइसल्याण्डसँग खेल्नेछ ।
आयरल्याण्डले वेल्स र बुल्गेरियासँग खेल्ने तालिका रहेको छ ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत नै वेल्सले अमेरिकासँग खेल्नेछ ।