एजेन्सी । इंग्लिस प्रिमियर लिगका ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो चरणको परिक्षणमा ४ जनामा कोरोना देखिएको प्रिमियर लिगले जनाएको छ ।
आइतबार र सोमबार क्लबका खेलाडी र स्टाफमा गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रिमियर लिगले पछिल्लो चरणमा १६ सय ४६ जनामा परिक्षण गरिएको जनाएको छ ।
प्रिमियर लिगले कोरोना संक्रमितको परिचय भने गोप्य राखेको छ ।
यस्तै उनीहरु सेल्फ आईसोलेसनमा रहेका छन् ।