शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साफ फुटबल : भुटानविरुद्द खेल्न नेपाली टिम हाेटलबाट निस्कयाे (अपडेट)

बिहिबार, २१ भाद्र २०७५खेलपाटी संवाददाता
साफ फुटबल  : भुटानविरुद्द खेल्न नेपाली टिम हाेटलबाट निस्कयाे  (अपडेट)
mustang rice ad

ढाका । साफ च्याम्पियनसिप फुटबलमा भुटानविरुद्दकाे खेलकालागि नेपाली टिम हाेटलबाट बाहिर निस्कएकाे छ । 

नेपालले अाज पाैने ४ बजे समुह चरणकाे दाेस्राे खेलमा भुटानस‌ग खेल्दैछ । 

पहिलो खेलमा पाकिस्तानसंग २ - १ पराजित नेपाल पहिलो जितको खोजीमा रहनेछ ।

साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । साफमा भुटानविरुद्ध नेपालको अपराजित कीर्तिमान छ । त्यसैले भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनु हुने छ ।

यो खेल नेपालको अग्निपरीक्षा समेत हुनेछ । यसै खेलले नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । नेपालले भुटानलाई हराउन सके सेमिफाइनलको ढोका खोल्नेछ ।

पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने पक्का छ । तर, उपाधि जित्ने लक्ष्य बोकेको नेपालले भुटानलाई हराउन सबै अस्त्र प्रयोग गर्नेछन् ।

'पाकिस्तानविरुद्ध त्यस्तो सोचेका थिएनौ तर हामीले अन्तिम मिनेटमा गोल खायौ । फुटबलमा यस्तो हुन्छ । यसबाट पाठ सिकेर भोलिको दिनमा जित निकाल्न आवश्यक छ । जितको लागि स्कोर गर्नु पर्ने हुन्छ,' भुटानविरुद्धको खेलअघि प्रशिक्षक बाल गोपाल महर्जनले भने, 'त्यहीँ अनुसार तयारी गरेका छौं । खेलाडीलाई निर्देशन गरेका छौं ।  हाम्रो सम्भावना सकिएको छैन । तर, जित बाहेक अन्य विकल्प छैन ।'

समूह 'ए' मा रहेको नेपाल र भुटान अंकविहिन रहेको छ । भुटान आयोजक बंगलादेशसंग २ - ० ले पराजित भएको थियो । यो समूहमा बंगलादेश र पाकिस्तानले ३/३ अंक जोडेको छ । यस्तोमा नेपालसंगै भुटानलाई पनि नेपालविरुद्धको खेल महत्वपूर्ण रहेकोछ ।

अघिल्ला खेलको नतिजा हेर्दा नेपाललाई भुटान सहज प्रतिद्वन्दी हुनेछ । नेपालले भुटानसंग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २ - ० ले हराएको थियो । उक्त खेलमा निराजन राइमाझी र कुमार थापाले गोल गरेका थिए ।

यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३ - १ ले हराएको थियो । नेपालको जितमा सुरेन्द्र तामाङ, बसन्त थापा र विजय गुरुङ्गले गोल गरेका थिए ।

तर, फुटबलमा निरन्तर अघि बढ्दै आएको भुटान पछिल्लो समय बलियो टोलीको रुपमा रहदै आएको छ । भुटानले बंगलादेशविरुद्ध पनि निकै जुझारु प्रदर्शन गरेको थियो । नेपाललाई त्यसको डर हुनेछ । यस्तै नेपालविरुद्ध भुटान पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

भुटानलाई हराउन नेपालले अघिल्लो प्रदर्शनलाई भने सुधार गर्नै पर्ने हुन्छ । डिफेन्समा गल्ती हुँदा नेपालले अन्तिम समयमा गोल खाएर पाकिस्तानसंग पराजित भएको थियो ।

प्रशिक्षम महर्जन अघिल्लो प्रदर्शनमा सुधार आउनेमा विश्वस्त छन् । प्रशिक्षक महर्जनले भने, ' हाम्रो टिम जुनै टोलीलाई हराउने लक्ष्य राख्छ तर संयोगवश त्यो हुन् सकिरहेको छैन । अट्याकीङ र डिफेन्स लाइन सुधार गर्नु पर्नेछ । त्यो सुधार भएको खण्डमा हामी जित्न सक्छौ ।'

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत