एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३-० गोल अन्तरले पराजित भएको हो ।
ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो ।
इमिरेट्स स्टेडियममा पहिलो मिनेटमै एस्टनका जोनले गोल गरेका थिए । तर, भीएआरको सहायतामा उनको गोल अफसाइड देखिएको थियो ।

खेलको २५ औं मिनेटमा आर्सनलका बुकायो साकाले आत्मघाती गोल गर्दा एस्टनले १-० को अग्रता बनायो ।
खेलको ७२ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३-० को जित दिलाए ।
जितसँगै एस्टन लिगको छैटौं स्थानमा उक्लिएको छ । एस्टनले ७ खेलमा १५ अंक जोडेको छ ।
आर्सनल लिगको ११ औं स्थानमा रहेको छ । आर्सनलले ८ खेलमा १२ अंक जोडेको छ ।
