एजेन्सी । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे ।
खेलको १५ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

तर, भार्डी अर्को पेनाल्टीमा भने गोल गर्न चुकेका थिए ।
खेलको ३९ औं मिनेटमा पाएको दोस्रो पेनाल्टीमा उनले गोल गर्न सकेनन् । उनको प्रहार उल्भ्सका गोलकिपर पाट्रीसियोले रोकेका थिए ।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले ८ खेलमा १८ अंक जोडेको छ ।
उल्भ्स १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
