एजेन्सी । पाकिस्तानले पाहुना टिम जिम्बावेविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ ।
रावलपिन्डीमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ८ विकेटको जित निकाल्दै पाकिस्तानले एक खेल अगाबै सिरिज जितेको हो ।
जिम्बावेले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा हैदर अलीले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
कुश्दिल शाहले अविजित ११ रन जोड्दा फकर जमानले ५ रन बनाए ।

जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
जिम्बावेका रायन बर्लले अविजित रहदै ३२ रन बनाए । वेस्ली माधिभेरेले २४ रन जोड्दा एल्टन चिगुम्बुराले १८ रन बनाए ।
पाकिस्तानका हरिस राउफ र उस्मान कादिरले ३-३ विकेट लिए ।

यो जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो ।
यस अघि पाकिस्तानले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको ३ खेलको सिरिज २-१ ले जितेको छ ।