• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
म्याद सकिएको ५ महिनापछि वर्गीकरण !
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २३, २०७७ खेलपाटी संवाददाता
म्याद सकिएको ५ महिनापछि वर्गीकरण !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणले शनिबार मात्रै पूर्णता पायो ।

यस अघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२० को लागि पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

क्यानले सार्वजनिक गरेको वर्गीकरणमा पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडी राखिएको थियो । तर, नयाँ वर्गीकरण सार्वजनिक हुँदा क्यानले आलोचना खेप्नु पर्यो ।

चौतर्फी विरोधपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने बतायो । र, खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको बोर्ड बैठकले सर्वसम्मतले पारित गरेको थियो ।

अघिल्लो वर्गीकरणमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडी तल्लो श्रेणीमा पर्नु र केहि खेलाडी वर्गीकरण बाहिर रहेका थिए । त्यतिमात्र नभई २०१९ मा अन्तराष्ट्रिय खेलमा सहभागिता नभएका खेलाडी समेत वर्गीकरणमा परेका थिए ।

परिमार्जन वर्गीकरणमा २० पुरुष खेलाडी र २२ महिला खेलाडी परेका छन् ।

बलर सोमपाल कामीलाई 'ए' श्रेणीमा राखिएको छ । यस अघि उनलाई 'बी' मा राखिएको थियो । 'सी' मा रहेका अविनास बोहरालाई 'बी' मा राखिएको छ ।

यस अघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई 'बी' र सन्दीप जोहरालाई 'सी' मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई 'बी' तथा ममता चौधरी र सुमन खतिवडालाई 'सी' श्रेणीमा राखिएको छ ।

सुरुवातको वर्गीकरणमा अटाउन नसकेका र फरक वर्गीकरणमा परेका खेलाडी नयाँ वर्गीकरणमा कसरि अटाए त ?

'सुरुमा २४ खेलाडी वर्गीकरण गर्ने भनिएको थियो पछि १८ मा झारियो । अहिले २० खेलाडी गर्ने भनेको भएर २ खेलाडी थपिएका हुन्,' क्यान सदस्य तथा खेलाडी वर्गीकरण समितिका सदस्य दुर्गाराज पाठक भन्छन्, 'वर्गीकरण खेलाडीको घरेलु तथा अन्तर्राष्ट्रिय प्रदर्शन, क्रिकेटमा पुर्याएको योगदान, अनुशासन र पुराना खेलाडीलाई मध्यनजर गरेर बनाइएको हो ।'

क्यानले खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै वर्गीकरण गर्नु आफैमा सुखद पक्ष हो । क्यानले महिला क्रिकेटका खेलाडीलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो ।

तर, क्यानले झारो टार्ने तरिकाले समेत वर्गीकरण गरेको छ । क्यानले यसलाई औपचारिकता मात्र दिएको छ ।

खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको म्यादबाटै क्यानको लापरबाही स्पस्ट देखिन्छ ।

यस अघि एक वर्षको सम्झौता भएको बताएको क्यानले शनिबार भने खेलाडीसँगको सम्झौता ६ महिनाको मात्र भएको बतायो । जस अनुसार खेलाडीको सम्झौता २०२० को जुनबाटै सकिएको छ ।

यता, क्यानले भने खेलाडीसँगको सम्झौता सकिएको ५ महिनापछि वर्गीकरणलाई बल्ल पूर्णता दिन सक्यो ।

नियमित मैदानमा रहदै आएका खेलाडीको वर्गीकरण गर्न त क्यानलाई हम्मेहम्मे पर्यो । सम्झौताको म्याद सकिएको ५ महिनापछि वर्गीकरणले पूर्णता पायो ।

अहिले कोरोनाको महामारीले खेलाडी करिब ८ महिनाबाट मैदान उत्रिएका छैनन् । यस्तो अवस्थामा क्यानले खेलाडीको नयाँ वर्गीकरण कसरी गर्ला ? प्रश्न उब्जिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP