एजेन्सी । जिम्बावेका पूर्व कप्तान एल्टन चिगुम्बुराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
अलराउण्डर चिगुम्बुराले पाकिस्तानसँगको टी-ट्वान्टी सिरिजपछि सन्यास लिने घोषणा गरेका हुन् ।
क्रिकेट जिम्बावेले पनि पाकिस्तानसँगको सिरिज चिगुम्बुराको अन्तिम अन्तराष्ट्रिय खेल हुने बताएको छ ।
पाकिस्तान भ्रमणमा रहेको जिम्बावे ३ खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि परेको छ । यस अघि एकदिवसीय सिरिज समेत जिम्बावेले २-१ ले गुमाएको थियो ।
३४ वर्षीय चिगुम्बुराले जिम्बावेका लागि १४ टेस्ट, २ सय १३ एकदिवसीय र ५५ टी-ट्वान्टी खेलेका छन् ।
सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका चिगुम्बुराले जिम्बावेका लागि ८० खेलमा कप्तानी गरेका छन् ।
चिगुम्बुरा जिम्बावेका लागि सर्वाधिक कप्तानी गर्ने दोस्रो खेलाडी हुन् ।
चिगुम्बुराले जिम्बावेका लागि ५ हजार ७६१ रन जोड्दा १ सय ३८ विकेट लिएका छन् ।
