एजेन्सी । पाहुना टिम जिम्बावेविरुद्धको पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी भएको छ ।
रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।
मोहमद हाफिजले ३६ रन जोड्दा फकर जमानले १९ रन जोडे ।
जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
जिम्बावेका वेस्ली माधिभेरेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
सिन विलियम्सले २५ रन जोड्दा इल्टन चीगुमबुराले २१ र ब्रेन्डन टेलरले २० रन बनाए ।
पाकिस्तानका वाहब रियाज र हरिस राउफले २-२ विकेट लिए ।

जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
यस अघि पाकिस्तानले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको ३ खेलको सिरिज २-१ ले जितेको छ ।