एजेन्सी । दक्षिण अफ्रिकाले पाहुना टिम इंग्ल्यान्डसँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाले घोषणा गरेको टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् ।
यस अघि टिम बाहिर रहेका कागिसो राबडा र जुनियर डालाले टिममा पुनरागमन गरेका छन् ।
दक्षिण अफ्रिकाले घरेलु मैदानमा इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टिमबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ । यस्तै डिसेम्बर ४ बाट एकदिवसीय सिरिज हुनेछ ।
