पुलिसिकले सेफिल्डसँगको खेल गुमाउने
शुक्रबार, कार्तिक २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब चेल्सीका विंगर क्रिस्टियन पुलिसिकले प्रिमियर लिग अन्तर्गत सेफिल्डसँगको खेल गुमाउने भएका छन् ।
चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले विंगर पुलिसिकले सेफिल्डसँगको खेल गुमाउने बताएका छन् ।
ह्यामस्ट्रिङ चोटका कारण पुलिसिकले सेफिल्डसँगको खेल गुमाउने भएका हुन् ।
'उनी खेल्नका लागि फिट छैनन् । उनी अझै ह्यामस्ट्रिङको समस्यामा रहेका छन्,' लाम्पार्डले भने ।
चेल्सीले शनिबार घरेलु मैदानमा सेफिल्डसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक लाम्पार्डले अमेरिकन विंगर पुलिसिक टिमको प्रशिक्षणमा समेत नरहेको बताए ।
'उनी प्रशिक्षणमा छैनन् । मिडविकमा उनी तल्लो तहको प्रशिक्षणमा थिए तर सहज थिएन । हामीले समाधान खोजिरहेका छौँ,' उनले थपे ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)