एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शुक्रबार) खेल हुँदैछ ।
प्रिमियर लिगमा शुक्रबार हुने पहिलो खेलमा ब्राइटनले बर्नलीसँग खेल्नेछ ।
ब्राइटनले घरेलु मैदानमा बर्नलीको सामना गर्नेछ । दुई टिमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै ब्राइटन अंक तालिका सुधार गर्न चाहन्छ ।
ब्राइटन ७ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बर्नली भने पहिलो जितको खोजीमा हुनेछ । पुछारमा रहेको बर्नलीले ६ खेलमा १ अंक मात्र जोडेको छ ।
अर्को खेलमा साउथह्याम्पटमले न्युकासल युनाईटेडसँग खेल्नेछ । उक्त खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै साउथह्याम्पटन शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने लक्ष्यमा रहेको छ ।
न्युकासललाई पराजित गर्न सकेमा साउथह्याम्पटन लिगको दुई भित्र उक्लने छ ।
साउथह्याम्पटन ७ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
न्युकासल ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ । घरेलु टिमलाई हराएर न्युकासल पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।