काठमाडौं । सिन्धुपाल्चोकमा आगामी साताबाट प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजना हुने प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म संचालन हुने आयोजक भोताङ फुटबल क्लबले जनाएको छ ।
''राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल, पर्यटनका लागि खेल र पाँच पोखरीका लागि खेलकुद' भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता गाउँपालिकाको ३ नम्बर वडामा पर्ने भोताङको यार्सा खेल मैदानमा हुनेछ ।
कोरोना संक्रमणको जोखिमको बाबजुद स्वास्थ्य सतर्कताका नियमहरु पालना गरी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजारको प्राप्त गर्दा दोस्रो हुनेले २५ हजार पाउने छन् ।
खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि टुर्नामेन्ट, बेष्ट किपर र टप स्क्रोररलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।