एजेन्सी । इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलमा पराजित भएको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।
लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो ।
खेलको २२ औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा युसुफले ह्याट्रिक पुरा गर्दै लिललाई ३-० को सहज जित दिलाए ।
जितसँगै समूह 'एच' को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ ।
मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४-१ ले हराएको छ ।
