एजेन्सी । प्रिमियर लिग क्लब लेष्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लेष्टरले २१ औं मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ४८ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-० को जित दिलाए ।
जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।
समूह 'जी' को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा रहेको छ ।
क्लब ब्रागा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।