एजेन्सी । वेल्सका स्ट्राइकर ग्यारेथ बेल राष्ट्रिय टिममा फर्किएका छन् ।
वेल्सले नोभेम्बरमा हुने खेलका लागि बिहीबार २९ सदस्सीय टिमको घोषणा गर्दा बेल पनि टिममा परेका छन् ।
यस अघि बेललाई अक्टोबरको टिममा वेल्सले समावेश गरेको थिएन् । कमजोर फिटनेसको कारण उनी टिममा परेका थिएनन् ।
३१ वर्षीय बेलले सेप्टेम्बरमा बुल्गेरियासँगको खेलमा चोट बोकेका थिए । तर, चोटमुक्त हुँदै बेल टिममा फर्किएका हुन् ।
लोनमा टोटेनहमबाट खेलिरहेका रियल मड्रिडका बेलले क्लबमा समेत उत्कृष्ट खेलिरहेका छन् ।
चोट मुक्त हुँदै मिडफिल्डर आरोन रामसे पनि वेल्सको टिममा फर्किएका छन् ।
वेल्सले नोभेम्बरमा ३ खेल खेल्दैछ । वेल्सले नोभेम्बर १२ मा अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यस्तै नेसन्स लिग अन्तर्गत १५ नोभेम्बरमा रिपब्लिक अफ आयरल्याण्ड र नोभेम्बर १८ मा फिनल्याण्डसँग खेल्नेछ ।
