एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा आज (बिहीबार) राति विभिन्न २४ खेलहरु हुँदैछ ।
युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको तेस्रो खेलमा नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।
समूह 'बी' मा रहेको आर्सनलले घरेलु मैदानमा मोल्डेसँग खेल्नेछ । घरेलु मैदानमा आर्सनल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आर्सनल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अघिल्ला दुई खेल जितेको मोल्डे पनि ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्ससँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जे' को टोटेनहम दोस्रो जितको खोजीमा हुनेछ । २ खेलमा ३ अंक जोडेको टोटेनहम समूहको दोस्रो स्थानमा रहेको छ ।
अंक विहीन लुडोगोरेट्स पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले पोर्चुगिज क्लब ब्रागासँग घरेलु मैदानमा खेल्नेछ ।
समूह 'जी' को लेष्टरले लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब लिलसँग घरेलु मैदानमा खेल्नेछ ।
समूह 'एच' को मिलान पनि तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
अर्को इटालियन क्लब नापोलीले रिजिकासँग खेल्नेछ ।
रोमाले सीएफआर क्लुजसँग खेल्नेछ ।
त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले अल्कमारसँग खेल्दा ग्रानडाले ओमोनिया र भिल्ला रियलले तेल एभिभीसँग खेल्नेछ ।