एजेन्सी । फरवार्ड मोहमद सलाहले च्याम्पियन्स लिग फुटबलमा लिभरपुलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति एटलान्टाविरुद्धको खेलमा एक गोल गरेसँगै सलाहले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् ।
इटालियन क्लबविरुद्धको गोल सलाहको च्याम्पियन्स लिगमा लिभरपुलका लागि २१ औं गोल हो । जुन खेलमा लिभरपुल ५-० ले विजयी भएको थियो ।

सलाहले लिजेण्ड खेलाडी स्टेभेन जेरार्डको नाममा रहेको कीर्तिमानमा बराबरी गरेका हुन् ।
इजिप्टमा फरवार्ड सलाहले तीन सिजनमै जेरार्डको कीर्तिमान बराबरी गरेका हुन् ।
अब उनलाई जेरार्डको कीर्तिमान भङ्ग गर्न मात्र एक गोलको आवश्यकता रहेको छ ।
२८ वर्षीय सलाह सन् २०१७ मा रोमाबाट लिभरपुल आएका थिए ।
सलाहको उत्कृष्ट प्रदर्शनकै कारण लिभरपुलले सन् २०१८/१९ को सिजन च्याम्पियन्स लिग जितेको थियो ।