एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज राति इंग्लिस क्लब चेल्सी फ्रेन्च क्लब रेनससँग प्रतिस्पर्धा गर्दैछ ।
समूह 'इ' मा रहेको चेल्सीले घरेलु मैदानमा फ्रेन्च क्लबसँग खेल्नेछ । चेल्सी र रेनसबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । समूहको शीर्ष स्थानमा रहेको चेल्सीले २ खेलमा ४ अंक जोडेको छ ।
चेल्सी रेनसलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
चेल्सीले समूह चरणको पहिलो खेलमा सेभियासँग गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा चेल्सीले क्रास्नोडरलाई ४-० ले हराएको थियो ।
रेनस भने १ अंक जोडेर समूहको पुछारमा रहेको छ । सेभिया पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा क्रास्नोडरसँग १-१ गोलको बराबरी खेलेको रेनसले दोस्रो खेलमा सेभियासँग १-० को हार व्यहोरेको थियो ।
यसै समूहको अर्को खेलमा सेभियाले क्रास्नोडरसँग खेल्नेछ ।
च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'एफ' को बोरुसिया डर्टमण्डले क्लब ब्रुगसँग खेल्नेछ ।
यसै समूहको अर्को खेलमा लाजियोले जेनीटसँग खेल्नेछ ।