एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो ।
६० वर्षीय म्यारोडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । र, सिटी स्क्यान गर्दा उनको मस्तिष्कमा ब्लड क्लोट देखिएको थियो ।
सफल शल्यक्रियापछि म्यारोडोना अस्पतालमै आराम गरिरहेको बताईएको छ ।
यस अघि म्यारोडोना कोरोना भाईरसको कारण सेल्फ आईसोलेसनमा रहेका थिए ।
उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका थिए ।
म्यारोडोनाले ६० औं जन्म दिन समेत आईसोलेसनमा मनाएका थिए ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।