एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटीले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
लेष्टर लिड्ससँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
लिड्सको मैदानमा लेष्टर सहज जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।
लिड्सलाई हराएर लेष्टर सिजनको पाँचौ जित निकाल्न चाहन्छ ।
लिगको आठौं स्थानमा रहेको लेष्टरले ६ खेलमा १२ अंक जोडेको छ ।
लिड्सलाई पराजित गर्न सकेमा लेष्टर तालिकाको दोस्रो स्थानमा उक्लनेछ ।
तर, बलियो लिड्सविरुद्ध जित निकाल्न लेष्टरलाई सहज छैन ।
किनकी लिड्सले यस सिजन जबर्जस्त प्रदर्शन गरिरहेको छ ।
लिड्स पनि घरेलु मैदानमा लेष्टरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।
लिड्स ६ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
अर्को खेलमा फुलहमले वेस्ट ब्रुमसँग खेल्नेछ ।
घरेलु मैदानमा फुलहम पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
१ अंक जोडेको फुलहम पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
वेस्ट ब्रुम ३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।