घरेलु मैदानमा नापोलीको हार
सोमबार, कार्तिक १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा उपाधि दाबेदार नापोली पराजित भएको छ ।
आइतबार राति भएको खेलमा नापोली घरेलु मैदानमा सासुओलोसँग २-० ले पराजित भएको हो ।
सासुओलोलाई जित दिलाउन मानुएल लोकाटेली र म्याक्सिम लोपेजले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा मानुएलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा लोपेजले गोल गर्दै सासुओलोलाई २-० को जित दिलाए ।
जितसँगै सासुओलो तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सासुओलोले ६ खेलमा १४ अंक जोडेको छ ।
नापोली ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)