एजेन्सी । ग्यारेथ बेलको गोलमा टोटेनहमले प्रिमियर लिग फुटलबमा जित निकालेको छ ।
आईतबार राति भएको खेलमा टोटेनहमले ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली टोटेनहमलाई १३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत अघि बढाएका थिए ।
एडम लालनाले डिबक्सभित्र केनलाई फल गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमार्फत केनले प्रिमियर लिगमा १ सय ४९ औं गोल पुरा गरे ।
ब्राइटोनका युवा खेलाडी तारिक लाम्पार्टीले दोस्रो हाफमा खेल बराबरीमा ल्याएका थिए ।
बेलले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै टोटेनहमलाई जित दिलाएका हुन् ।

उनी यसै सिजन लोनमा रियल मड्रिडबाट टोटेनहम आएका हुन् । टोटनहम फर्किएका बेलले क्लबबाट पहिलो गोल गरेका छन् । उनले टोटेनहमका लागि सन् २०१३ को मे पछि पहिलो गोल गरेका हुन् ।
जित निकाल्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले ७ खेलबाट १४ अंक जोडेको छ । ब्राइटोन ५ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।