एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे ।
ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।

युनाईटेडका पाउल पोग्बाले आफ्नो पेनाल्टी क्षेत्रमा हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।
जसमा औबामियाङले सहज गोल गरे ।
त्यस बाहेक दुबै टिमले गोलको अन्य केहि अवसर खेर फालेको थियो । यस्तै बल पोजिसनमा पकड जमाए पनि युनाईटेडले आर्सनलविरुद्ध गोल गर्न सकेन ।

यो जितसँगै आर्सनलले ७ खेलमा १२ अंक जोडेको छ । आर्सनल तालिकाको आठौं स्थानमा रहेको छ ।
युनाईटेड भने ६ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
