न्युकासलसँग एभर्टन पराजित
आइतबार, १६ कार्तिक २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन न्युकासल युनाईटेडसँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा एभर्टन न्युकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । एभर्टनका डोमिनिक लेविनले सान्त्वना गोल फर्काए ।
खेलको ५६ औं मिनेटमा विल्सनले पेनाल्टीमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।
खेलको ८४ औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा डोमिनिकले एक गोल फर्काए पनि एभर्टन २-१ ले स्तब्ध भयो ।
न्युकासलसँगको हारसँगै एभर्टनले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको एभर्टनले ७ खेलमा १३ अंक जोडेको छ । एभर्टनको यो लगातार दोस्रो हार हो ।
जितपछि न्युकासल ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)


-1766743021282.jpeg&w=3840&q=75)



