एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लाइपजिग बोरुसिया मुन्छेनग्लाडबाखसँग १-० ले पराजित भएको हो ।
घरेलु मैदानमा मुन्छेनग्लाडबाखलाई जित दिलाउन हानेस उल्फले निर्णायक गोल गरे । उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए ।
मुन्छेनग्लाडबाखसँग पराजित भएसँगै लाइपजिगले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

तेस्रो स्थानको लाइपजिगले ६ खेलमा १३ अंक जोडेको छ ।
मुन्छेनग्लाडबाख ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै अर्को खेलमा आउग्सबर्गले माइन्जलाई ३-१ ले हराएको छ ।
आइनट्राख्ट फ्रान्कफुर्ट र भेरडाआ ब्रेमेनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।