सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फिटनेशमै समस्या – प्रशिक्षक महर्जन

शनिबार, कार्तिक १५, २०७७नमीन ढकाल
फिटनेशमै समस्या – प्रशिक्षक महर्जन
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिमको समस्या फिटनेशनै रहेको बताएका छन् ।

खेलपाटीसंग कार्यवहाक मुख्य प्रशिक्षक महर्जनले विगत ७ महिनापछि मैदान फर्किदा खेलाडीको फिटनेशनै मुख्य समस्या रहेको बताएका हुन् ।

‘यो ध्रुव सत्य पनि हो । फिटनेशको कुरा भन्नै पर्दैन । विगत ७-८ महिनाबाट अभ्यास हुन पाएको छैन । खेलाडीको ब्यक्तिगत अभ्यासले पुगेको छैन । दुई–दिनको ट्रेनिङ हेर्दा केहि न केहि फिटनेशमा समस्या भएको महशुस भएको छ ।’ महर्जनले भने ।

नेपालले यसै महिनाको अन्तिममा बंगलादेशसंग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महर्जनलाई नेपाली टिमको कार्यवहाक मुख्य प्रशिक्षक तोकेको छ ।

विदेशी प्रशिक्षक योहान कालिन कोरोना महामारीकाबीच स्विडेनबाट फर्कन नपाउने भएपछि एन्फाले महर्जनलाई तेस्रो पटक राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

हाल एन्फाले महर्जनलाई दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि जिम्मेवारी दिएको हो । नेपालले कार्तिक २८ र मंसिर २ गते ढाकामा बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।

मैत्रीपूर्ण खेलका लागि नेपाली टिमले प्रशिक्षण समेत सुरु गरिसकेको छ ।

गत महिना सरकारले प्रशिक्षणको अनुमति दिएसँगै नेपालले दशै लगत्तै खेलाडीको अभ्यास सुरु गरेको छ ।

दुई दिन टिमको प्रशिक्षण हेरिसकेका महर्जनले फिटनेशमा केहि समस्या भएपनि त्यसलाई सुधार गर्न आफु लागि परेको बताए ।

उनले टिमको फिटनेशमा सुधार आउने र आफु त्यसमा आशाबादी रहेको बताए ।

‘यसलाई (फिटनेश) केहि सुधार गर्न हामीसँग समय छ । यस बिचमा हाम्रो सुधार आउने मैले आशा गरेको छु । खेलाडी पनि सोहि अनुसार मेहनत गरिरहेका छन् ।’ उनले भने ।

महर्जनले बंगलादेशको ढाकामा नेपाललाई बंगबन्धु गोल्डकपको उपाधि दिलाएका थिए ।

चैत्र पहिलो साता कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै देशभरका खेलकुद गतिविधि ठप्प हुँदै आएका छन् ।

विश्वभर फैलिएको कोरोनाका कारण बंगलादेशले पनि मार्च यता कुनै कार्यक्रम गर्न पाएको छैन । उसको समेत खेलाडी फिटनेशनै मुख्य चुनौती रहेको छ । बंगलादेशले एक साता अघिमात्रै प्रशिक्षण सुरु गरेको हो ।

यस्तो अवस्थामा महर्जन बंगलादेशको पनि फिटेनशमै समस्या रहेको र विगतका दिनमा बंगलादेशविरुद्ध सकारात्मक नजिता आएका कारण खेलाडीको मनोबल उच्च रहेको बताउँछन् ।

‘हामी खेल्न गएको प्रतिद्वन्दि पनि लगभग त्यहि (फिटनेश) अवस्थाबाट गुज्रिरहेको छ । उनीहरुले पनि भर्खरै ट्रेनिङ सुरु गरेका छन् ।’

‘विगतमा पनि उनीहरुविरुद्ध राम्रो नतिजा हासिल गरेका छौं । पछिल्लो समय हामी बंगलादेशविरुद्ध राम्रो गर्दै आईरहेका छौं । त्यसले गर्दा पनि खेलाडीको मनोबल उच्च छ ।’ महर्जनले भने ।

नेपालले गत साफ च्याम्पियनसिपमा (सन् २०१८)समेत महर्जनकै नेतृत्वमा खेलको थियो । घरेलु दर्शकविरुद्ध भरत खवासको कप्तानीमा रहेको नेपालले बंगालदेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसयता नेपाल र बंगलादेश पहिलो पटक भिड्न लागेका हुन् ।

हाल नेपाल र बंगलादेश दुबै फिफा विश्वकप २०२२ छनोटको तयारीमा रहेका छन् ।

नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश ‘ई’ मा रहेको छ ।

नेपालले ५ खेलबाट ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । बंगलादेश ४ खेलबाट १ अंक जोडेर पुछारमा छ ।

बंगलादेशसँगको खेलका लागि नेपालले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । दशरथ रंगशालामा सञ्चालन भएको प्रशिक्षणमा भने ५ खेलाडी अनुपस्थित छन् ।

प्रशिक्षण अघि गरिएको कोरोना प्रशिक्षणमा ५ खेलाडीको नतिजा पोजिटिभ आएको छ ।

संक्रमित खेलाडीलाई हाल एकान्तवासमा राखिएको छ ।

प्रशिक्षक महर्जनले संक्रमित खेलाडीको केहि दिनमा पुनः परिक्षण गरिने बताए ।

उनले खेलाडीको दोस्रो रिपोर्ट हेरेर टिममा बोलाउने-नबोलाउने बिषय टुङ्गो लाग्ने उल्लेख गरे ।

‘अहिलेनै भन्न सक्ने अवस्था छैन । केहि दिनमा यसको टुंगो लाग्छ । दोस्रो पटकको स्वाव रिपोर्ट अनुसार आवश्यक पोजिसनका खेलाडीलाई झिकाउँछौं ।’ गरेका महर्जनले भने ।

 

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो