इंग्ल्यान्डका विश्वकप विजेता नोबीको निधन
शुक्रबार, कार्तिक १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड फुटबल टिमका पूर्व मिडफिल्डर नोबी स्टाइल्सको निधन भएको छ ।
इंग्ल्यान्डका विश्वकप विजेता समेत रहेका नोबीले ७८ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
लामो समयबाट अस्वस्थ रहेका नोबीको निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।
इंग्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।
डिफेन्सिभ मिडफिल्डर नोबीले इंग्ल्यान्डका लागि २८ खेल खेलेका थिए ।
क्लब फुटबलमा उनले म्यानचेस्टर युनाईटेड, मिडल्सब्रो र प्रिस्टन नर्थबाट खेलेका थिए ।
नोबीले युनाईटेडका लागि १९६० देखि ७१ सम्म ३ सय ११ खेल खेलेका थिए ।







-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

