बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. बल खरिदको पैसा सिधै जिल्लाको खातामा

बल खरिदको पैसा सिधै जिल्लाको खातामा

२०२० अक्टोबर ३०, शुक्रबारखेलपाटी संवाददाता

बल खरिदको पैसा सिधै जिल्लाको खातामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सदस्य जिल्लाले मासिक रुपमा प्राप्त गर्दै आएको बल खरिदका लागि सिधै जिल्ला फुटबल संघको खातामा रकम निकासा गर्न सुरु गरेको छ ।

यसअघि केन्द्रबाट जिल्ला फुटबल संघलाई मासिक रुपमा बल उपलब्ध गराउँदै आएको एन्फाले बल खरिदका लागि सदस्य जिल्लाको खातामा सिधै रकम निकासा गर्न सुरु गरेको हो ।

एन्फाले यसअघि सदस्य जिल्लालाई मासिक १० बल केन्द्रबाट पठाउँदै आएको थियो । केन्द्रले जिल्ला संघलाई बल खरिदका लागि अब सिधै रकमनै पठाउन लागेको हो ।

एन्फाले चालू आर्थिक वर्षबाट आफ्ना ४८ सदस्य जिल्लालाई दुई किस्तामा बल खरिदको बजेट निकाशा गर्ने बताएको छ ।

एन्फा प्रवक्ता किरण राईले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ सबै जिल्लामा निकासा गरिएको खेलपाटीलाई बताए ।

‘यसअघि हामीले मासिक खेल सामाग्री पठाउँदै आएका थियौं । चालू आर्थिक वर्षबाट बर्षमा १ लाख उपलब्ध गराउने भएका छौं ।’ प्रवक्ता राईले भने ।

‘एन्फाले बैज्ञानिक ढंगले रकमको बितरण गर्नेछ र त्यसलाई जिल्ला फुटबल संघले प्रयोग गर्नेछन् ।‘ प्रवक्ता राईले भने ।

उनले दोस्रो किस्ता वापतको रकम पनि चाँडै जिल्ला संघको खातामा निकासा गरिने जानकारी दिए ।

‘पहिलो किस्ताबापत ५० हजार निकाशा भैसकेको छ । दोस्रो किस्ता चाँडैनै उपलब्ध गराउने छौं ।’ राईले थपे ।

यसअघि एन्फाले प्रत्येक महिना जिल्ला संघलाई केन्द्रबाट मासिक १० थान बल उपलब्ध गराउँदै आएको थियो ।

कतिपय जिल्लाले सो बल समेत नपाएको गुनासो गर्दै आएका थिए ।

एन्फाले जिल्ला स्तरमा फुटबल गतिविधि तथा प्रतियोगिता सञ्चालन गर्नका लागि फुटबल किन्न निश्चित रकम सिधै जिल्लामा पठाउने कार्य सुरु गरेको हो ।

एन्फाले सबै जिल्लामा सञ्चालन गरेको ग्रासरुट कार्यक्रमका लागि छुट्टै रकम जिल्लामा पठाउने गरेको छ । एन्फाले विभिन्न शीर्षकमा झण्डै १० लाख रुपैयाँ वार्षिक रुपमा जिल्लामा निकासा गरिने बताएको छ ।

यसअघि एन्फाले कोरोना महामारीबाट प्रभावित जिल्ला फुटबल संघलाई ७५ हजारका दरले आर्थिक सहयोग गरेको थियो ।

एन्फाले जिल्ला फुटबल संघलाई ग्रासरुट सहित जिल्ला लिग तथा विभिन्न एन्फाका प्रतियोगिता सञ्चालनका लागि बजेट निकासा गर्दै आएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना