भान डाइकको सफल शल्यक्रिया
शुक्रबार, कार्तिक १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकको घुँडामा लागेको चोटको सफल शल्यक्रिया गरिएको छ ।
लिभरपुलले शुक्रबार डिफेन्डर भान डाइकको घुँडाको लिगामेन्टको चोटको सफल शल्यक्रिया गरिएको जनाएको छ ।
डच डिफेन्डर भान डाइकले प्रिमियर लिग अन्तर्गत एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।
मर्सिसाइड डर्बीमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलमा उनले चोट बोकेका थिए ।
चोट बोकेसँगै उनी मैदानबाट बाहिर गएका थिए । उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
सफल शल्यक्रियासँगै अब उनी रिहाबमा रहने समेत लिभरपुलले जनाएको छ ।







-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

