फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना
मंगलबार, कार्तिक ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व फुटबलका सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
फिफाले मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको जनाएको छ ।
५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको फिफाले जनाएको छ ।
'फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आज कोरोना भाईरस पोजेटिभ देखिएको छ,' फिफाले भनेको छ,'अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका थिए । र, उहाँ कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन् ।'
यस्तै फिफाले अध्यक्ष इन्फान्टिनोको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
इन्फान्टिनो गत वर्ष दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका थिए । फिफामा इन्फान्टिनोको नेतृत्व २०२३ सम्म रहने छ ।
पहिलो पटक इन्फान्टिनोले २०१६ देखि १९ सम्म फिफाको नेतृत्व गरेका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

