दक्षिण अफ्रिकाले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने
मंगलबार, कार्तिक ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाको क्रिकेट टिमले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने भएको छ ।
घरेलु भूमिमा दक्षिण अफ्रिकाले श्रीलंकासँग दुई टेस्टको सिरिज खेल्ने भएको हो ।
दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको सिरिज पछि श्रीलंकासँग खेल्ने भएको हो ।
दक्षिण अफ्रिका क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार पहिलो टेस्ट डिसेम्बर २६ बाट सेन्चुरियनमा सुरु हुनेछ ।
यस्तै जोहन्सबर्गमा हुने दोस्रो टेस्ट जनवरी ३ बाट सुरु हुनेछ ।
श्रीलंकासँग खेल्नु अघि दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।
इंग्ल्यान्डले नोभेम्बर २७ मा पहिलो टी-ट्वान्टी खेल्नेछ । यस्तै डिसेम्बर ४ मा पहिलो एकदिवसीय खेल खेल्नेछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

