एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा आज (मंगलबार) डेनिस क्लब एफसी मिद्त्जील्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा डेनिस क्लबसँग खेल्नेछ । लिभरपुल र मिद्त्जील्यान्डबीचको खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । लिभरपुलले पहिलो खेलमा डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।
समूह 'डी' मा रहेको लिभरपुल ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । अंक विहीन मिद्त्जील्यान्ड पुछारमा रहेको छ ।
मिद्त्जील्यान्ड भने लिभरपुललाई हराएर पहिलो अंक जोड्न चाहन्छ । तर, घरेलु टिमविरुद्ध जित निकाल्न मिद्त्जील्यान्डलाई चमत्कारी प्रदर्शनको आवश्यकता रहेको छ ।
मिद्त्जील्यान्ड पहिलो खेलमा एटलान्टासँग ४-० ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा एटलान्टाले आयाक्ससँग खेल्नेछ ।
एटलान्टा लगातार दोस्रो जित निकाल्न चाहन्छ । आयाक्स भने पहिलो जितको खोजीमा रहेको छ ।