एजेन्सी । यूइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (मंगलबार) इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले समूह चरणको दोस्रो खेलमा मार्सेलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र मार्सेलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
फ्रान्सेली भूमिमा मैदान उत्रदा सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । सिटीले समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३-१ ले हराएको थियो ।
समूह 'सी' को सिटी ३ नाक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
तर, मार्सेलीविरुद्ध सिटीका फरवार्ड सर्जियो अग्युरोले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण उनले खेल्ने सम्भावना कम रहेको छ ।
सिटीविरुद्ध मैदान उत्रदा घरेलु टिम मार्सेली भने पहिलो जितको खोजीमा हुनेछ ।
मार्सेली पहिलो खेलमा ओलम्पियाकोससँग १-० ले पराजित भएको थियो ।
यस समूहमा मार्सेलीले अंक जोड्न सकेको छैन । त्यसैले घरेलु मैदानमा सिटीलाई हराएर मार्सेली पहिलो अंक जोड्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा पोर्टो र ओलम्पियाकोसबीच खेल हुनेछ ।