मुजीबले पुन: ब्रिसबेनबाट बिग बास खेल्ने
मंगलबार, कार्तिक ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अफगानिस्तानमा युवा स्पिनर मुजीब उर रहमानले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेट पुन: ब्रिसबेन हिटबाटै खेल्ने भएका छन् ।
ब्रिसबेनले मंगलबार अन्तराष्ट्रिय खेलाडीको रुपमा स्पिनर मुजीबलाई अनुबन्ध गरिएको जनाएको छ ।
१९ वर्षीय अफगानी बलर २०१८ बाट ब्रिसबेनबाटै खेल्दै आईरहेका छन् ।
ब्रिसबेनका लागि उनले दुई सिजन खेलिसकेका छन् ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

