एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायार लेवरकुसनले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लेवरकुसनले आउग्सबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लुकास अलारियो चम्किएपछि लेवरकुसनले सहज जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा लुकासले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५१ औं मिनेटमा डानिल कालिगुईरीले गोल गर्दै आउग्सबर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, ७४ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै लेवरकुसनलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा मोउसाले गोल गर्दै लेवरकुसनलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै लेवरकुसन लिगको चौंथो स्थानमा उक्लिएको छ । लेवरकुसनले ५ खेलमा ९ अंक जोडेको छ ।
आउग्सबर्ग ५ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।