सनको गोलमा टोटेनहमको जित
मंगलबार, कार्तिक ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।
बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।
ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् ।
जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ ।
बर्नलीले ५ खेलमा १ अंक जोडेको छ । बर्नली लिगको १८ औं स्थानमा रहेको छ ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



