एजेन्सी । इंग्लिस क्लब टोटेनहमका पूर्व गोलकिपर मिसेल भोर्मले खेल जीवनबाट सन्यास लिएका छन् ।
डच गोलकिपर भोर्मले सोमबार ३७ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।
भोर्मले टोटेनहमबाट सन् २०१४ देखि २०१९ सम्म खेलेका थिए ।
उनी स्वान्सी सिटीबाट टोटेनहम आएका थिए ।
टोटेनहममा दोस्रो रोजाईमा रहेका उनले ४८ खेल खेलेका थिए ।
भोर्मले नेदरल्यान्ड्सको लागि १५ खेल खेलेका थिए।
नेदरल्यान्ड्सबाट उनले दुई विश्वकप खेलेका थिए ।