इल्चेसँग भ्यालेन्सिया पराजित
शनिबार, ०८ कार्तिक २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया इल्चेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक एक गोल गरे ।
भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा जोसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा फिडेलले इल्चेको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा टोनीले एक गोल फर्काएपनि भ्यालेन्सियाको हार टार्न सकेनन् ।
भ्यालेन्सियालाई हराएसँगै इल्चे तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । इल्चेले ५ खेलमा १० अंक जोडेको छ ।
भ्यालेन्सिया ७ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।






-1775010144838.webp&w=3840&q=75)


-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)