आईसीसीको सदस्यताका लागि स्विजरल्याण्डले आवेदन दिने
शुक्रबार, कार्तिक ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । क्रिकेट स्विजरल्याण्डले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सदस्यताका लागि आवेदन दिने भएको छ ।
आईसीसीको सदस्यता खारेज भएको आठ वर्षपछि स्विजरल्याण्डले एसोसियट सदस्यताको लागि पुन: आवेदन दिने भएको हो ।
आईसीसीले सन् २०१२ मा स्विजरल्याण्डको सदस्यता खारेज गरेको थियो । एकै देशमा दुई क्रिकेट संघ स्थापना भएपछि स्विजरल्याण्डले सदस्यता खारेज गरेको थियो ।
तर, स्विजरल्याण्डले आगामी नोभेम्बरमा सदस्यताको लागि आवेदन पेश गर्ने भएको छ ।
क्रिकेट स्विजरल्याण्डले आवेदनका लागि आवश्यक कागजातहरु तयारी गरिरहेको बताईएको छ ।
आईसीसीले आवेदन स्वीकार गरेमा सन् २०२२ सम्ममा स्विजरल्याण्डले सदस्यता पाउने अपेक्षा गरिएको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

