एजेन्सी । फुटबलबाट सन्यास घोषणा गरिसकेका गोलकिपर पिटर चेक खेलाडीको रुपमा चेल्सी फर्किएका छन् ।
चेल्सीले घोषणा गरेको २५ सदस्सीय प्रिमियर लिग टिममा चेकलाई समावेश गरिएको छ ।
चेक रिपब्लिकका गोलकिपरले सन् २०१९ को मे महिनाबाट सन्यास लिएका थिए ।
त्यसपछि उनी चेल्सीको टेक्निकल एण्ड पफर्मेन्स एड्भाइजर रहदै आएका थिए ।
तर चेल्सीले ३८ वर्षीय गोलकिपरलाई आपतकालीन अवस्थाका लागि भनेर २५ सदस्सीय टिममा समावेश गरिएको स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीले चेकसँगै केपा अरिजाबालागा, एडुवार्ड मेन्डी र विलि काबालेरोलाई समेत टिममा समावेश गरेको छ ।
सन् २००४ मा स्टामफोर्ड ब्रिज आएका चेक २०१५ मा आर्सनल गएका थिए । उनले आर्सनलबाटै सन्यास लिएका थिए ।
चेल्सीका लिजेण्ड गोलकिपर चेकले क्लबका लागि चार प्रिमियर लिग, एक च्याम्पियन्स लिगसहित १३ उपाधि जितेका थिए ।
चेल्सीका लागि उनले ३ सय बढी खेल खेलेका छन् ।