एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा सिरि ए क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ ।
मंगलबार राति समूह एफको खेलमा सिरि ए क्लब लाजियोले घरेलु मैदानमा डर्टमण्डलाई ३–१ ले हराएको हो ।
सिरो इम्मोबिलले छैटौं मिनेटमा लाजियोलाई अग्रता दिलाएका थिए ।
मार्विन हिट्जले २३ औं मिनेटमा आत्मघाति गोल गरेपछि लाजियो २–० ले अघि बढ्यो ।
इर्लिङ हालाण्डले ७१ औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
तर जिन ड्यानियल अक्पा अकप्रोले ७६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए ।

खेलमा सबैको ध्यान डर्टमण्डका जुड बेलिंगहमले खिचे । उनी च्याम्पियन्स लिग इतिहासका सबैभन्दा कान्छा खेलाडी बने । उनले डर्टमण्डको जर्सीमा खेलको सुरुवात गरेका थिए । यसअघि सो कीर्तिमान म्यान्चेष्टर सिटीका फिल फोडिनको नाममा रहेको थियो ।
लाजियो गत सिजन सिरि एको तालिकामा चौथो स्थानमा रहेको थियो । यस सिजन भने उसले लिगको सुरुवाती चार खेलमा तीनमा मात्र जित निकालेको छ । उसले शनिबार साम्पोडियालाई ३–० ले हराएको थियो ।
डर्टमण्डले भने सिरि एमा राम्रो सुरुवात गरेको थियो । उसले सुरुवाती चार मध्य तीन खेलमा जितेको छ ।