एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।
टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।

वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको १६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२ औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो ।
त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन् । रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए ।
बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैटौं स्थानमा रहेको छ ।
वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ । वेस्ट ह्यामले ५ खेलमा ७ अंक जोडेको छ ।
