काठमाडौं । आयोजक तारकेश्वर युवा क्लबको 'ए' टिमले तारकेश्वर ६-ए साईड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा चक्रपथ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै तारकेश्वरले उपाधि हात परेको हो ।
उपाधिसँगै आयोजक तारकेश्वरले २० हजार प्राप्त गर्याे ।
दोस्रो भएको चक्रपथ टिमले १० हजार प्राप्त गर्दा तेस्रो भएको जी ब्रदर्शले ५ हजार प्राप्त गर्याे ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा जी ब्रदर्शले सामुराईलाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
चौथो स्थान हासिल गरेको सामुराई प्रतियोगिताको फेयर प्ले टिम घोषित भयो । उसले २ हजार प्राप्त गर्याे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक अजय लामिछाने घोषित भए । यस्तै सर्बोत्कृष्ट खेलाडी शशि गुरुङ चुनिदा सर्बाेत्कृष्ट प्रशिक्षक आयोजक टिमका प्रशिक्षकले प्राप्त गरे । तिनैले समान २ हजार प्राप्त गरे ।
तारकेश्वर युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।
