एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम र सेफिल्ड युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार भएको खेलमा फुलहम र सेफिल्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
सेफिल्डको मैदानमा खेलको ७७ औं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको ५७ औं मिनेटमा फुलहमका एलेक्जेन्डर मिट्रोभिचले पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

तर, खेलको ८५ औं मिनेटमा बिलि शार्पले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।
फुलहमका मिट्रोभिचले ज्याक रोबिनसनलाई फउल गरेपछि सेफिल्डले पेनाल्टी पाएको हो ।
बराबरीसँगै फुलहम र सेफिल्डले सिजनको पहिलो १ अंक जोडेको छ ।
सेफिल्ड ५ खेलमा १ अंक जोडेर १७ औं स्थानमा रहदा समान खेलबाट समान अंक सहित फुलहम १९ औं स्थानमा रहेका छन् ।
सेफिल्ड र फुलहमले यस अघिको ४ खेलमा लगातार हार व्यहोरेका थिए ।