एजेन्सी । प्रिमियर लिग क्लब ब्राइटनले इंग्लिस फरवार्ड ड्यानी वेलब्याकलाई अनुबन्धित गरेको छ ।
ब्राइटनले फ्रि ट्रान्सफरमा फरवार्ड वेलब्याकलाई अनुबन्धित गरेको हो ।
२९ वर्षीय वेलब्याकले ब्राइटनसँग एक वर्षको सम्झौता गरेका छन् ।
वेलब्याकले गत महिना च्याम्पियनसिप क्लब वाट्फोर्ड छाडेका थिए ।
वेलब्याकले वाट्फोर्डसँगको सम्झौता एक वर्ष बाँकी रहदै क्लब छाडेका थिए ।
वाट्फोर्ड प्रिमियर लिगबाट रेलिगेसनमा परेपछि उनले क्कोलब छाडेका हुन् ।
म्यान्चेस्टर युनाइटेड तथा आर्सनलका पूर्व फरवार्डले वाट्फोर्डका लागि २० खेलमा ३ गोल गरेका थिए ।
२९ वर्षीय वेलब्याक आर्सनलबाट वाट्फोर्ड आएका थिए । त्यसअघि उनले म्यानचेस्टर युनाईटेडबाट खेलेका थिए ।
वेलब्याकले इंग्ल्यान्डका लागि ४२ खेलमा १६ गोल गरेका छन् ।